खोटाङ । खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको हो ।

 

हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार बसमा आगलागी भएपछि यात्रुहरूले भागेर ज्यान जोगाएका हुन् ।

 

आगलागीबाट दशैं-तिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको छ । बसमा दशैं मनाउन घर फर्किएका करीब ४० यात्रु रहेको प्रहरीले बताएको छ।