झापा । हिजो साँझ झापा गाउँपालिकास्थित हुलाकी सडकमा भएको मोटरसाइकल दुर्घटनामा दुईजना गंभीर घाइते भएका छन् ।

 

साँझ ७ः३० बजेतिर झापा गाउँपालिका २ स्थित हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ६४०५ नम्बरको मोटरसाइकलले बाटोमा हिँड्दै गरेकी सोही ठाउँकी ५० वर्षीया सरस्वती कामतीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

 

ठक्करबाट कामतीको टाउको र कुहिनोमा चोट लागेको छ भने मोटरसाइकल चालक झापा गाउँपालिका वडा नं ७ बस्ने २६ वर्षीय मैनुल शेखसमेत घाइते भएका छन् । उनको पनि टाउकोमा चोट लागेको छ ।

 

बोल्न नसक्ने अवस्थाका दुवै जनालाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।