विराटनगर । यहाँस्थित बरगाछि महेन्द्रचोक सडकखण्ड सडक कालोपत्रे गर्ने क्रममा ट्रकमा आगो लागेको छ ।

शनिमन्दीर नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अबस्थामा ट्रकमा आगजनी भएको हो । ना. १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अलकत्रा बोेकेर कालोपत्रेका लागि कालोपत्रे गर्ने स्थानमा पुगेको ट्रकमा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले आगलागीबारेमा अनुन्धान भईरहेको र ठेकेदार कम्पनीका प्राविधिकहरु समेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन् । आगजनीबाट के कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रहरीले जनाएको छ ।