झापा । आज बिहान कन्काई नगरपालिका १ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा कलेज बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहान ६ः१० बजे निदी कलेजको बा. ४ ख ९३१९ नम्बरको बसले प्र १-०१-०१६ प ३१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । बसको ठक्कबरबाट मोटरसाइकल चालक ताप्लेजुङ तेल्लोक ३ का ३५ वर्षीय समिर लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोक जवेगुले बताए ।
घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल पुर्याउनेबित्तिकै मृत्यु भएको प्रहरी निरीक्षक जवेगुले जानकारी दिए । दुर्घटनापछि बस, बसचालक र मोटरसाइकल नियन्त्रणमा लिइएको जनाइएको छ ।