झापा । झापा जिल्ला अदालतको फैसलाबमोजिम लागुऔषध मुद्दामा फरार रहेका अर्जुनधारा ८ का गोपाल चौधरीलाई प्रहरीले हिजो पक्राउ गरेको छ ।
अदालतको मिति २०७८ असोज २० गतेको फैसलाअनुसार लागुऔषध मुद्दामा फरार रहेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले हिजो (आइतबार) गरेको हो । पक्राउ चौधरीलाई आज फैसला कार्यन्वयनको निमित्त अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।
अदालतको आदेशले निज चौधरीलाई कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय झापा पठाइएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार अदालतले चौधरीलाई ८ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।