झापा । पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

 

म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादीमा सोमबार साँझ पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमा काम गर्ने एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका ७ का ३३ वर्षीय भीम भुजेल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

 

यसैगरी शिवसताक्षीकै ४५ वर्षीय कृष्ण लिङदेन र उदयपुरको कटारी नगरपालकिा ७ का ४० वर्षीय बलबहादुर राई घाइते भएका छन् । टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्दा सडकमा निर्माण काम गरिरहेको बेला तीनैजना घाइते भएका थिए ।

 

पहिरोले पुरिएका तीनैजना घाइतेलाई तत्काल उद्धार गरी रत्न हरि मेमोरियल अस्पताल दमौलीमा पुर्‍याएपछि भुजेलको मृत्यु भएको खाणको भनाइ छ ।