झापा । झापाको दमकमा अवैध काठसहित फर्निचर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं १ को सुकुमबासी टोलमा गौरव फर्निचर संचालन गर्ने गोकुल घिमिरे रहेका छन् ।

 

हिजो दिउँसो २ः३० बजे सो फर्निचरमा अवैध काठ रहेको भन्ने बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सखुवा र सिसौ जातका अन्दाजी २० क्युफिट चिरान काठ फेला परेको थियो ।

 

फर्निचर संचालक घिमिरेसमेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि वन कार्यालय बेलडांगीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।