दमक । झापाको दमक नगरपालिकाबाट बिना इजाजतको औषधि बिक्री विगतरण गरिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार करिब ७ बजे पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दमक नगरपालिका वडा नं ७ पशुहाट नजिकै बिना ईजजात औषधिहरु धेरै परिमाणमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा दमक ७ का २६ वर्षीय दिपेश खड्का, ६ का ३३ वर्षीय रोशनकुमार साह र इलाम साबिक दानाबारी गाविस ७ घर भइ हाल दमक ८ बस्ने २६ वर्षीय संजिव सुवेदी पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ८५६० पिस र स्पास्पेन ७००० ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार बिना इजाजतका औषधि फेला परेपछि निजहरुले प्रयोग गरिरहेको प्र १-०१-०१२ प ८५३५ नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आज औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाइएको छ।