झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमकका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं ९ का ३० वर्षीय रमेश सिवा रहेका छन् ।
सोमबार साँझ ५ः३० बजे मेचीनगर नगरपालिका वडा नं। ६ स्थित पुरानो मेचीपुल अगाडि ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सिवालाई शंका लागेर चेकजाँच उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।