अर्जुनधारा । किरात राई पत्रकार संघ झापाले अर्जुनधारा ७ मा रहेको शंकर अस्पतालमा १६औं स्थापना दिवस मनाएको छ । अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो ।

 

संघका अध्यक्ष राजन साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार दिपीन राई, अस्पतालका प्रमुख वशिष्ठ फिजिसियन डा सन्तोषकुमार यादव, समाज कल्याण संघका युवराज नेपाल लगायतले बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

 

फलफूल बितरणपछि डा यादवले अस्पतालमै आएर बिरामीहरुमा हौसला प्रदान गरी फलफूल वितरण गरेकोमा कृतज्ञता ज्ञापन गरे । संघका उपाध्यक्ष रविकिरण राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य दीपसन राईले गरेका थिए ।