झापा । हिजो (आइतबार) साँझ इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

आज बिहान ९ बजेतिर बीएण्डसी हस्पिटलमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने ६० वर्षीया शान्तमाया तामाङ रहेकी छन् ।

 

यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका ९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अड्किएका थिए ।

 

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए ।