शनिश्चरे । झापाको अर्जुनधारा जेसीज शनिश्चरेले युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार एकदिने उद्घोषण तालिम सम्पन्न गरेको छ ।

 

अर्जुनधारा जेसीजका बोर्ड पदाधिकारी, नेपाल उद्यमशील महिला संघ अर्जुनधाराका अध्यक्ष, युथ अफ खुदुनाबारी, शान्ति वन उपभोक्ता समिति, रोट्याक क्लब अफ बिर्तामोडबाट विभिन्न तहका पदाधिकारीहरुले तालिममा सहभागिता जनाएका थिए ।

 

अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका ७ का वडा अध्यक्ष गोविन्दप्रसाद खतिवडा प्रमुख अतिथि रहेका थिए ।

 

कार्यक्रम संयोजक अर्जुनधारा जेसीजका उपाध्यक्ष टंक दाहालले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दिवरसिंह खड्का, नेपाल उद्यमशील महिला संघ अर्जुनधाराकी अध्यक्ष कन्चन विन्दु खड्का लगायतले आफ्ना भनाइ राखेका थिए ।

 

नेपाल जेसीजकी मेनुका ओलीले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन जेसीजका महासचिव मनोज सिटौलाले गरेका थिए । तालिममा २५ जना सहभागी थिए ।