झापा । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीको कारण वनमा लागेको डढेलो बस्तीमा पस्दा आठ घर जलेर नष्ट भएका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार स्थानीय केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेहरूमा ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्की रहेका छन् । मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको खापुङले बताए ।
आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।