बिर्तामाेड । झापामा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका र मेचीनगरका युवा छन् ।
जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर र नगद १२ हजार ४६० रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुद्वशान्ति गाउँपालिका १ का २३ वर्षीय रत्नबहादुर राय, मेचीनगर नगरपालिका १० का २४ वर्षीय विक्रम राजवंशी, सोही ठाउँका २२ वर्षीय विशाल लिम्बु र मेचीनगर १२ का २२ वर्षीय नेत्रबहादुर राई रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।