बिर्तामोड । झापाको बिर्तामोडमा एक बृद्धा महिलालाई रड प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ४ निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार ुघरभित्रै मृत फेला परेकी बृद्धा महिलाको टाउको गम्भीर चोट देखिएको छ । डीएसपी चन्दले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानले रड प्रहार गरी उनको हत्या भएको निष्कर्ष निकालेको छ ।’
प्रहरीले घटनास्थलबाट फलामे रड समेत फेला पारेको छ । कसले के प्रयोजनको लागि उनको हत्या गरिएको बारेमा खुलेको छैन । यसैबीच, सुनसरीको धरानबाट मगाइएको कुकुरसहितको टोलीले घटनाको अनुसन्धानमा सहयोग पुर्याएको डीएसपी चन्दले बताए ।
हत्याराको खोजीमा प्रहरी लागिपरेको उनको भनाइ छ । यता स्थानीयका अनुसार गएराति गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी बृद्धको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।