झापा । झापाको दमकमा लागूऔषध बेच्ने एक महिला पक्राउ परेकी छन् । उनलाई ३ लाखभन्दा बढी नगद र ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

 

आज दिउँसो २ः३० बजेको समयमा दमक नगरपालिका वडा नम्बर ४ की ४८ वर्षीया गायत्रा गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

 

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको शरीर तथा घर कोठाहरु खानतलासी लिँदा बट्टाभित्र लुकाइराखेको प्रतिबन्धित ९ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर र उनी सुत्ने बेडको सिरानीमुनि ३ लाख ३६ हजार ४ सय रुपैयाँ फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।