शनिश्चरे । किरात राई समुदायले मनाउने उभौली पर्वको अवसरमा शनिबार झापाको अर्जुनधारामा धुमधाम साकेला सिली मनाइएको छ । विगतका वर्षभन्दा बढी साकेला टोलीले आआफ्ना सिली प्रस्तुत गरे ।
अर्जुनधारा ११ सालबारीस्थित मुन्दुम सांस्कृतिक उद्यानपरिसरमा आयोजित कार्यक्रममा नवनिर्मित इष्टदेव सुम्निमा र पारुहाङको अर्धकदको प्रतिमाको अनावरण गरियो । उक्त प्रतिमाको निर्माण अर्जुनधारा ८ निवासी डा उज्जवल थुलुङ राईले बाजेबोजु लक्ष्मीप्रसादंरनमाया थुलुङ राई र कोपाकोमा सहरमानंमाइतीकुमारी चाम्लिङ राईको स्मृतिमा निर्माण गरिदिएका
हुन् ।
उभौली पर्वको अवसरमा किरात राई यायोक्खा अर्जुनधारा नगर समितिद्वारा आयोजित साकेला सिली महोत्सवमा किरात मुन्दुम अनुसार पूजाअर्चनापछि प्रतिमाको अनावरण प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राई र दाताका आमा कुसुम थुलुङ राईले संयुक्तरुपमा गरेका थिए ।
ढुंगाबाट नवनिर्मित प्रतिमाको लागत सात लाख रुपैयाँ रहेको किरात राई यायोक्खा अर्जुनधाराका सचिव सिंहबहादुर राईले जानकारी दिए । सोही कार्यक्रममा समितिको तर्फबाट दाताको सम्मानपत्र आमा कुसुम थुलुङ राईलाई प्रदान गरिएको थियो ।
समितिका अध्यक्ष विजय साङपाङ राईको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका २२ वटाभन्दा बढी साकेला सिली टोलीबाट सिली प्रस्तुत गरिएको थियो । त्यसैगरी कार्यक्रममा समितिको भवन निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा झापाका सल्लाहकार सदस्य एवम् अग्रज पत्रकार दिपीन राई, अध्यक्ष गणेश राई, सहसचिव चिजा राई, अर्जुनधारा नगरपालिकाकी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष भूपा राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राईले गरेका थिए ।
https://fb.watch/sA5BANkR8I/