झापा । कटुवा पेस्तोलसहित झापा बिर्तामोड ७ का सुरेश पराजुली पक्राउ परेका छन् । घरमा कटुवा पेस्तोल राखेर आफ्नै भाउजु गिता पराजुलीसँग झैंझगडा गरिरहेका बिर्तामोड ७ फक्तालुङ (सिरान) टोलका ३० वर्षीय पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

साँझ ७ बजेको समयमा भाउजुसँग झैंझगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको क्षेत्रमा तलासी लिँदा लुकाइछिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

 

कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।