बिर्तामोड । झापाको मेचीनगर ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

 

अन्दाजी ९-१० वर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको स्थानीयले बिहान ७ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै प्रहरी टोली खटिइएर घट्नास्थल सुरक्षित राख्नुका साथै थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सव डिभिजन कार्यालय धाइजनलाई खबर गरिएको थियो ।

 

मेची सव डिभिजनबाट फिल्ड अफिसर कर्ण विश्चकर्मासहितको टोलीले आवश्यक अनुसन्धान गरिरहेको र थप पोष्टमार्टम तथा अन्य अनुसन्धानका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।