दमक/ झापाको बिर्तामोडस्थित कृषि थोक नजिकै बस्ने शुक्रराज जोगीकी ७ वर्षीया बालिका पुर्णिमा जोगी बुधबार दमक बसपार्कबाट हराएकी छिन् ।
बुधबार बिहान छिमेकी दिदीले लिएर गएकी छोरी पुर्णिमा अझसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । छिमेकी दिदी भने मादक पदार्थ पिएर दमक बसपार्कमा सुतेको समयमा बालिका हराएको उनका बुबा शुक्रराजले जानकारी दिएका छ्न् ।
बालिकालाई लिएर जाने दीदीलाई भने इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ती बालिकाले रातो जामा लगाएकी छन् । भेट्नु हुने महानुभावले नजिकैको प्रहरी चौकी वा उनका बुबा शुक्रराजलाई ९८१३७६११२८ सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।