झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बिर्तामोडका युवायुवती पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार मंगलबार साँझ ६ः३० बजे पक्राउ पर्नेहरुमा बिर्तामोड २ का भुपेन्द्रसिंह राजवंशी र बिर्तामोड १ की मनिषा नेम्बाङ लिम्बू रहेका छन् ।

 

उनीहरुलाई कन्काई नगरपालिका ३ सेल्फीडाँडास्थित भित्री सडकमा इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले शंका लागेर चेकजाँच गर्दा १९ वर्षीया मनिषाको साथबाट प्लाष्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

यसैगरी, २३ वर्षीय राजवंशीको साथबाट नगद २१ सय फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।