बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडबाट एकजना भुटानी शरणार्थी पक्राउ परेका छन् ।
गएराति ९ः३० बजे बिर्तामोड १ स्थित पश्चिम बस स्टेन्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले दमक ३ भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको छ । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।