फिदिम । पाँचथरको फालेलुङ ५ स्थित प्राङबुङमा भएको विस्फोटमा परेका दुई जना बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका दाजुबहिनीको मृत्यु भएको हो ।

 

घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा मृत्यु भएको प्रहरी जनाएको छ ।

 

अर्का घाइते पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटको कारण उनीहरूको शरीर जलेको छ । बिहीबार दिउँसो विस्फोट भएको थियो । ग्रिनेट विस्फोट भएको प्रारम्भिक अनुमान छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ ।

 

नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । शंकास्पद बस्तु डिस्पोज गर्ने र नयाँ हो कि पुरानो बस्तु विस्फोट भएको हो त्यसको अनुसन्धान पनि हुने पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।