फिदिम । यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपमा आज आयोजक फिदिम स्पोर्टिङ क्लबले चर्च ब्वाइज युनाइटेडसँग पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल प्रवेश गरेको आयोजक उत्साहित भएर मैदान उत्रदैँछ । यस्तै, एनएसएल टोली विराटनगर सिटी एफसीलाई ७-१ गोलको वर्षा गर्दै सेमिफाइनलमा पुगेको चर्च ब्वाइज उपाधिको दाबेदार टोली हो ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५५५ र उपविजेताले ५ लाख ५५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्र्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।