इलाम । लगातार तेस्रो पटक फाइनल यात्रामा रहेको बुट्टाबारी युनाइटेड एफसी झापा पॉचौ सन्दकपुर गोल्डकपको उपाधि जित्ने दाउमा रहेको छ ।

 

चौँथो संस्करणमा डाँगीहाट एफसी मोरङलाई उपाधि छाड्न बाध्य भएको बुट्टाबारी यसपटक पहिलोपटक सहभागिता जनाएको उदयपुरको ब्रदरहुड एफसी बेलकासँग सोमबार उपाधि भिडन्तमा हुनेछ ।

 

 

आइतबार प्रि म्याच कन्फरेन्समा बोल्दै बुट्टाबारीका प्रशिक्षक प्रविन राईले यसपटक उपाधि जित्ने लयमा आफ्नो टिम रहेको दाबी गरे । यस्तै, पहिलोपटकमै उपाधि चुम्ने लक्ष्यका साथ तयारीमा रहेको उदयपुरका प्रशिक्षक देविन मगरको भनाइ छ ।

 

देउरीली स्पोर्टिङ क्लबद्वारा आयोजित गोल्डकपको फाइनल खेल नयाँ वर्षको पहिलो दिन हुनेछ । विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख ५५ हजारसहित ट्रफी पाउने छन् ।