झापा । धनकुटामा जारी १२औँ रारा गोल्डकपको उपाधि भिडन्तमा आज झापाको बिर्तामोड युनाइटेड एफसी र मोरङ बेलबारीको एलएक्स सिटी एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

 

राजारानीस्थित खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले सिरहाको सहलेश युवा क्लबलाई टाइब्रेकरमा २-१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 

यसैगरी, दोस्रो सेमिफाइनल खेलमा एलएक्स सिटी एफसीले काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा पराजित गरेर बिर्तामोडसँग भेट पक्का गरेको हो । ९० मिनेटको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

 

राजारानी फुटबल क्लब धनकुटाले वैशाख २९ गतेदेखि आयोजना गरेको गोल्डकपको फाइनल खेल आज हुँदैछ । यस संस्करणकाे विजेताले नगद सात लाखसहित आकर्षक ट्रफी पाउने छ ।