ताप्लेजुङ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पुस १५ देखि प्रथम मानाभरा क्लब स्तरीय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

 

मानाभरायुथ स्पोर्टिङ क्लबले उपाधि विजेतालाई ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता सन्चालन गर्न लागेको हो ।

 

यो प्रतियोगितामा जिल्ला बाहिरको एक र जिल्लाभित्रका उत्कृष्ट ७ वटा गरी ८ टिमको सहभागीता रहने फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका मानाभारा क्लबका संरक्षक रवीन साम्राले जानकारी दिए ।

 

विधागत पुरस्कारतर्फ हरेकदिन प्लेयर अफ दी म्याचले २ हजार ५ सय र समापनमा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । मानाभाराको प्रचार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता १९ गते सकिने छ ।