झापा । देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो ।

 

पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो ।

 

पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसैदिन दिउँसोदेखि नै झरी रोकिएको थियो । अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

पानी पर्न रोकिएसँगै बिहानबेलुका चिसो भएपनि दिउँसो गर्मी हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ्नेछ । आज हिमाली र पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।