झापा । झापाको बिर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी हुँदा भुइँ तलामा रहेका दुई वटा पसल जलेका छन् ।आगलागीका कारण करिब २ करोड बराबरको सामान जलेर क्षति भएको छ ।

करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । सेन्ट्रलमा रहेको इर्की जुत्ता पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ । आगलागीबाट इर्की र सामसुंगको मोवाइल डिलर जल्दा करिब २ करोड बरबरको क्षति भएको व्यापारीलाई उद्धित गर्दै इलाका प्रहरीका कार्यलय बिर्तामोडका प्रहरी नायव निरीक्षक मोहन कुमार थापाले बताए ।

आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो प्रयासपछि करिब साढे आठ बजे आगो नियन्त्रणमा आएको हो । आगो लागेको साँझ ७ बजे थाहा भएको थियो । सेन्ट्रलमा रहेको साइरन अलर्ट भएपछि आगलागी भएको थाहा भएको हो । बिर्तामोडको मुक्ति चोकमै रहेको उक्त व्यापारिक भवन ५ तलाको छ ।