अर्जुनधारा । गणेश चतुर्थीको अवसर पारेर मंगलबार झापाको अर्जुनधारा–७ स्थित गणेश मन्दिर सेवा समितिले संस्थापक सदस्य र दाताहरुलाई सम्मान गरेको छ ।
समितिका अध्यक्ष नारायण कटुवाल (दीपेन्द्र)को अध्यक्षता र पूर्व अध्यक्ष भूवनेश्वर शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा संस्थापक सदस्यहरु क्रमशः टेकबहादुर राई, धनबहादुर कार्की (कुमार), धनबहादुर राई र ध्यानबहादुर राई, दाताहरु अजय चौधरी, टीकाराम डाँगी र तारा रञ्जितकार रहेका छन् । त्यसैगरी मन्दिर स्थापना गर्न योगदान पु¥याएका पूर्णप्रसाद सिटौला र वीरेन्द्र लामालाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, नगर सभा सदस्य ऐतराज नेम्वाङ, जीवननाथ गिरी, दिलबहादुर खड्का, पूर्णिमा सिटौला, लोकबहादुर मगरलगायतको आतिथ्यता रहेको थियो ।
समितिकी उपाध्यक्ष मुना बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थापक सदस्य टेकबहादुर राईले गरेका थिए । कार्यक्रम अघि भगवान गणेशको विधिपूर्वक पूजा गरेको समितिले साँझ भजन प्रस्तुत गर्ने समितिका अध्यक्ष कटुवालले बताए ।