बिर्तामोड । झापाको बिर्तामोडस्थित कपुरी ब्रदर्श (सुजुकी शोरुम)ले सुजुकीको नयाँ गाडी ‘एस-प्रेसो’ सार्वजनिक गरेको छ । कपुरी ब्रदर्शको पहलमा अब बिर्तामोडमा एस-प्रेसोका चार मोडल बिर्तामोडमा भित्रिएको छ ।

शो रुमले आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी बहुप्रतिक्षित मिनी एसयूभी एस-प्रेसोको सार्वजनिक गरेको हो । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र शोरुमका निर्देशक किरण कपुरीले गाडीको सार्वजनिक गरे ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष भट्टराईले गाडी बिक्रीसँगै गाडीसँग सम्बन्धी सबै सुविधा दिनुपर्नेमा जोड दिनुभयो । ‘गाडीसँगै सर्भिसिङ लगायतका सबै कुरामा बिक्रेताले ग्राहकलाई सहयोग र सुविधा दिनुपर्छ’, उहाँले भन्नुभयो ।

हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा निर्माण भएको एस प्रेसोमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । जसले यसको बनोटलाई बलियो र सुरक्षित बनाइएको दाबी छ । के टेन इन्जिन जडित एस प्रेसोले प्रतिलिटर २१.७ किलोमिटर माइलेज दिने, १० वटाभन्दा बढी सेफ्टी फिचरले यसलाई सबैभन्दा सुरक्षित कार बनाएको दाबी कम्पनीको छ ।

स्ट्यान्डार्ड, एलएक्सआई, भीएक्सआई र भीक्एसआई प्लस गरी चार वटा मोडलमा रहेको एस-प्रेसोको मूल्य क्रमशः २२ लाख ९९ हजार, २३ हजार ९९ हजार, २४ लाख ९९ हजार र २५ लाख ४९ हजार रहेको छ । यो गाडी छ वटा रंगमा उपलब्ध रहेको छ ।

नेपालका लागि सुजुकी फोर ह्वीलर तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ल्याएको यो गाडी नेपालका ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत् बिक्री सुरु गरिएको छ ।