काठमाडौं । नेपालको जलविद्युत् विकासमा सर्वाधिक सम्भावना रहेको प्रदेश आफैंले जलविद्युत् आयोजना निर्माण गर्ने प्रदेश१ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।
राजधानीमा जारी पावर समीट २०१९ को दोस्रो दिनको ‘ऊर्जा परियोजनाको सहजिकरण र नियमनः संघीयतामा ऊर्जा विकासको लाभ बाँडफाँडका चुनौती’ नामक सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।
प्रदेश आफैँ जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको उनले प्रष्ट पारे। यसका लागि सार्वजनिक(निजी(साझेदारी ९पीपीपी० मोडलमा आयोजना निर्माणको गर्न लागिएको उनको भनाइ छ।
नेपालको जलविद्युत्मा ३४ प्रतिशत उत्पादन क्षमता रहेको यो प्रदेश नेपालकै ऊर्जा क्षेत्रको अधिक संभावनको प्रदेश हो। प्रदेश १ मा अरुण, तमोरसहितका आकर्षक आयोजना छन्। यस्ता आयोजनालाई प्रवद्र्धन गर्न प्रदेश एकले उपयुक्त वातावरण सिर्जन गर्ने मुख्यमन्त्री राईको भनाइ छ।
जलविद्युत् उत्पादन मात्रै नभएर अरु ठूला पूर्वाधारमा लगानी भित्र्याउन प्रदेश १ ले २० आयोजना तयार पारेको छ। यी आयोजना बनाउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पनि गरिहेको राईले बताए।
मुख्यमन्त्री राईले प्रदेशले १५ सय मेगावाटका आयोजना आफ्नै कार्यकालमा तयार पार्ने गरी अगाडि बढेको जानकारी दिए। यसका लागि एकदेखि तीन वर्षभित्र पूरा हुने आयोजनालाई प्राथमिकता दिएर अगाडि सारेको उनको भनाइ छ।