अर्जुनधारा । अर्जुनधारा जलेश्वरधाममा जारी ३७औँ वार्षिक अनुष्ठानमा लगाइएको मेलामा प्रशासनद्वारा प्रतिबन्धित जुवाजन्य खेल घुर्नी खेलाइएको पाइएको छ ।
धाम परिसरमा लगाइएको उक्त मेलाको एक छेउमा शनिबार बेलुका घुर्नी सञ्चालनमा ल्याइएको थियो । यसअघि घुर्नी सञ्चालन गर्न नदिइएको बताइए पनि शनिबार प्रहरीले फेला पारेको थियो ।
प्रशासनले प्रतिबन्ध लगाएको उक्त जुवाजन्य खेल घुर्नी राति ८ बजे नै फेला पारी रोक लगाइएको शनिश्चरे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक पुनमकुमार चौधरीले जानकारी दिए । उनका अनुसार उक्त घुर्नी खेल मेलामा खेल सामग्री लिएको ठेकेदारकै रहेको बताइएको छ ।