अर्जुनधारा । दुवै मिर्गौला खराब भएका झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ सालबारीका दिलबहादुर राईलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।
अमेरिका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली तथा संघसंस्थाले पीडित राईलाई दुई लाख ८० हजार ३५१ रुपैयाँ सहयोग गरेका हुन् । अमेरिकामा रहेको पिक रेष्टुरेण्ट एण्ड बारमा कार्यरत नेपालीबाट संकलित ५५ हजार ८४२, एभरेष्ट रेष्टुरेण्टबाट ५३ हजार ४५८, किंरात राई सोसाइटी अफ ट्याक्ससबाट ७१ हजार ५१ रुपैयाँ आइतबार एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पीडितलाई हस्तान्तरण गरेका छन् ।
पीडित राईको सहयोगका लागि स्थानीय सालबारी मिल डाँडा युवा परिवारले दिलबहादुर राई बचाउ अभियान सञ्चालन गरिरेहका छन् । राई बचाउ अभियान समितिमा स्थानीय सरोज बर्देवा, म्याक्सम पुरी, गायत्री नेपाल र पुजन राई रहेका छन् । राई बचाउ अभियानमा सबैलाई सहयोग गर्न समितिले आग्रह गरेको छ ।
पीडित राईको नाममा नबिल बैंकमा रहेको खाता नं. ०२८००६२०५४००००११ मा सहयोग गर्न समेत समितिले आग्रह गरेको छ ।