इलाम । इलामको गोलाखर्कमा बसको ठक्करबाट मारुती भेन दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

इलाम बजारबाट गोलाखर्क भञ्ज्याङको लागि छुटेको मे १ ज १२९९ नं. को मारुती भेनलाई बिपरीत दिशाबाट आएको ना. ७ ख ७४७३ नं.को ताप्लेजुङबाट काठमाण्डौका लागि छुटेको बसले शुक्रबार दिउसो करिब ४ बजेतिर गोलाखर्कस्थित लालीगुराँस चोक नजिकै ठक्कर दिंदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट भेन सडकबाट ५० मिटर तल खसेको छ । भेनमा सवार ६ जना सामान्य घाइते भएको र उनीहरुको उपचार इलाम अस्पतालमा भईरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी दिएको छ ।

बस ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ भने दुर्घटनाको करण खुल्न सकेको छैन । दुर्घट्नाका बिषयमा अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।