चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले आइतबार आत्महत्या दुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दोष रहेको भन्दै सफाइ दिएको हो ।

यसअघि रबि लामिछाने र युबराज कडेल धरौटी बुझाएर थुनामुक्त भएका थिए । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा भएका थिए ।

पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय नि’धन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेर अभियोग पत्र दर्ता गरिएको थियो । पत्रकार शालि’कराम पुडासैनीको र’हस्यमय निधनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुविरुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आत्महत्यादुरुत्साहन गरेको कसुरमा अभियोग पत्र दर्ता भएको थियो ।

दुवै पक्षको कानुन व्यवसायीको बहसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी थिइन् । अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको थियो ।