बाह्रदशी । ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका–७ डाँगीबारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।
गत माघ २ गते बिहीबारबाट सञ्चालन भएको महायज्ञमा नगद र जिन्सीसहित ५० लाख रुपैयाँ सहयोग जुटेको पुराण आयोजक मूल समितिका अध्यक्ष देवेन्द्र चम्लगाईले बताउनुभयो । महायज्ञमा बाह्रदशी–७ निवासी समाजसेवी लोकनाथ–डिकुरादेवी चम्लगाईले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ भने बिर्तामोड–२ निवासी बलराम–गंगादेवी डाँगीले दुई लाख २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभएको छ ।
यता बाह्रदशी ७ निवासी लक्ष्मी–तिलरुपा कार्कीले १ लाख ५१ हजार १११ रुपैयाँ, कनकाई ८ मा रहेको सुशन ट्रेडर्सका सञ्चालकद्वय खगेन्द्र प्रसाई, नेत्र नेपालले एक लाख ११ हजार १११ रुपैयाँ, बाह्रदशी ७ निवासी गुणरत्न–राजेन्द्र उप्रेतीले १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभएको छ ।
बिर्तामोड २ निवासी नवीन विमली–अर्जुन मैनालीले ओमकार रेडिमिक्सका तर्फबाट १ लाख १ हजार १११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । त्यस्तै बाह्रदशी ७ निवासी मञ्जु–मैना उप्रेतीले एक लाख १ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ भने बाह्रदशी ७ मा रहेको आस्तुमा निर्माण सेवाले १ लाख १ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
यता बाह्रदशी ७ निवासी विजु–विशाल श्रेष्ठले एक लाख १११ रुपैयाँ र अर्जुनधारा निवासी नविन गट्टानीले ९० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
बाह्रदशी ६ निवासी इश्वरी–पुष्पा प्रसाईले ५६ हजार १५६ रुपैयाँ, बाह्रदशी ७ का यमनाथ चम्लगाईले ५१ हजार ५५५ रुपैयाँ, बाह्रदशी ७ मै रहेको दिपजन अंग्रेजी माध्यमिक विद्यालयले ५१ हजार १५५ रुपैयाँ, प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेतीले ५१ हजार १११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
त्यस्तै, बाह्रदशी ७ निवासी स्व. सन्तबहादुर मैनावती राजवंशीको स्मृतिमा ५१ हजार १११, बाह्रदशी ७ निवासी राजेन्द्र–वेलीदेवी झापाले ५१ हजार १११ रुपैयाँ, बाह्रदशी ७ निवासी लक्ष्मण पाठकले ५१ हजार रुपैयाँ, बाह्रदशी ७ निवासी टोम–सोमा राजवंशीले ५१ हजार, एक्सल डेभलपमेन्ट बैंक बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरको महायज्ञ मूल समारोह समितिका सदस्य लेखनाथ कटुवालले जानकारी दिनुभयो ।
आचार्य छन्दूराम भण्डारीले महायज्ञमा कथा वाचन गरिरहनुभएको छ । महायज्ञबाट संकलन गरिएको रकमले दुर्गाको मन्दिर निर्माण गर्ने र डाँगीबारीमा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको महायज्ञ मूल समारोह समितिका प्रचार प्रसार संयोजक देवराज कार्कीले जानकारी दिनुभयो ।