शनिश्चरे । झापाको अर्जुनधारा-६ मा रहेको शक्तिमाता दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिको प्रथम साधारणसभाले पुनः अर्जुन मेचेको नेतृत्वमा समिति गठन गरेको छ ।
शनिबार सम्पन्न समितिको साधारणसभाले अध्यक्षमा मेचेलाई पुनः २ वर्षका लागि निर्विरोध नेतृत्व प्रदान गरेको हो । १३ सदस्यीय समितिको उपाध्यक्षमा सन्तोष तामाङ, सचिवमा राजेशकुमार आचार्य, सहसचिवमा राजन अधिकारी, कोषाध्यक्षमा हरिमाया पाण्डे सञ्जेल र सहकोषाध्यक्षमा राम बाँनिया पनि निर्विरोध भए ।
त्यसैगरी समितिको सदस्यहरुमा कृष्ण आचार्य, पुस्कर कार्की, पूण्यवती अधिकारी, भीम राई, मोतिलाल दनुवार, यामुना भट्टराई र सुशिला शिवाकोटी चयन भएका छन् ।
अर्जुनधारा–६ वडा समितिका अध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु सञ्जेलले गरेकी थिइन् । सोही सभाको बन्दसत्रले यमनकुमार दनुवारको संयोजकत्वमा चन्दा मेचे, पर्शुराम खरेल, रमेश पोखरेल र सोमा राई सदस्य रहेको पाँच सदस्यीय आर्थिक उपसमिति पनि गठन गरेको छ ।
त्यस्तै, सरोज मुखियाको संयोजकत्वमा जीतेन्द्र दर्जी, मेनुका लिम्बू, लोकनाथ दुलाल र विष्णु श्रेष्ठ सदस्य रहेको पाँच सदस्यीय सांस्कृतिक उपसमिति गठन गरेको छ ।
यसअघि सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष मेचेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमल गुरागाईंले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको हालसम्मको बचत ११ लाख ११ हजार १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।