अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
जेसीज वर्ष २०१९ का अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जेसीज आस्था वाचन लेडी जेसी संयोजक सुष्मा त्रिखत्री र उपाध्यक्ष स्वागत विमला भट्टराईले गरेका थिए ।
कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष गौतमले वर्ष २०२० का नवनिर्वाचित अध्यक्ष भाष्कर भट्टराईलाई जेसीज चेन पहि¥याएर पद हस्तान्तरण गरेका थिए । त्यसैगरी वर्ष २०१९ का अध्यक्ष गौतम र प्रथम महिला सुनिता खड्का तथा वर्ष २०२० का अध्यक्ष भट्टराई र प्रथम महिला पुष्पा कोइरालाबीच उपहार आदान प्रदान भएको थियो ।
सोही कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्का र वर्ष २०१४ का अध्यक्ष वसन्त सोमानीद्वारा स्थापित भीमबाबु–राधाकृष्ण स्मृति पुरस्कारबाट पत्रकार पुष्पा जवेगु र दिपक क्षेत्रीलाई जनही नगद पुरस्कार २५ सय र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै वर्ष २०१९ का उत्कृष्ट जेसीको रुपमा उपाध्यक्ष विमला भट्टराईलाई सम्मानित गरिएको थियो ।

जेसीजका विभिन्न गतिविधिहरु सम्प्रेषण गरी सहयोग पु¥याउने अर्जुनधारा र बिर्तामोडका सात वटा सञ्चारमाध्यमलाई सम्मानपत्रबाट सम्मानित गरियो । यसरी सम्मानित हुनेहरुमा पूर्वाञ्चल दैनिक, विवेचना दैनिक, जनआन्दोलन साप्ताहिक, मेरो रेडियो, आमसञ्चार डटकम, न्यूज सञ्जाल डटकम र यलम्बर टाइम्स साप्ताहिकलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भट्टराई, कार्यकारी उपाध्यक्षद्वय राजन साम्पाङ र सुरेश थापा, उपाध्यक्षहरु दिपेश पनेरु, प्रेम खड्का, भवानी बराल र सुष्मा त्रिखत्रीलगायतलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम संयोजक सुरेश थापाको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन वर्ष २०१९ का महासचिव भाष्कर भट्टराई र वर्ष २०२० का महासचिव बसन्त बुढाथोकीले गरेका थिए ।