झापा । अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा शुरु गरेको नगर महोत्सव अन्तर्गतको कार्यक्रमअनुसार बुधबार वडा नं. ३ मा सम्पन्न भएको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्देश्यले नगरका ११ वटै वडामा महोत्सव शुरु गरेको हो । वडा नं. ३ मा भएको सांस्कृतिक, साहित्य र खेलकुद छनौट कार्यक्रमसँगै विभिन्न विषयगत शाखाबाट शिविर पनि सञ्चालन भइरहेको छ ।
यसैबीच, स्वास्थ्य शिविरमा एक सय ६ जनाले पोषण परीक्षण, २१ जनाले ल्याव टेष्ट, २५ जनाले पाठेघर परीक्षण साथै ६८ घरपरिवारले पशुसेवा र ७५ जनाले कृषि सेवा निःशुल्क लिएका थिए ।
वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीको अध्यक्षता तथा संविधानसभा सदस्य प्रेम गिरीले उद्घाटन गरेकाे कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, उपमेयर कमला खतिवडा आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । स्वागत वडा नं. ३ सदस्य सीताराम भट्टराईले गरेको कार्यक्रमलाई वडा सदस्य होम दुलालले सञ्चालन गरेका थिए ।