झापा । नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो। साविकको विक्री मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटेको हो।

निगम संचालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियमको मूल्य घटाएको हो।

पेट्रोलको विक्री मूल्य प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मटितेलको मूल्य ८५ रुपैयाँ कायम गरिएको छ।