झापाको भद्रपुरमा आवतजावतमा कडाइ, कचनकवलसँग जोडिएका सीमा बन्द

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार १६:४६

रोहित काफ्ले, झापा। झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अन्य क्षेत्रबाट नगरपालिका भित्र आवतजावतमा कडाइ गर्न थालेको छ । नगर विपद् व्यवस्थापन समितिले आवतजावतका कडाइसँगै लकडाउनलाई पनि कडाइका साथ पालना गर्ने गराउने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले यस्तो ...

झापाका एकसहित ३६ जनामा संक्रमण, संख्या ५८४ पुग्यो

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार १६:३८

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, ...

सर्लाहीमा १३ सहित थप ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार ०९:५०

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ...

प्रदेश १ मा पीसीआर परीक्षण बढाइँदै

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार ०८:१६

विराटनगर । प्रदेश १ मा ४० हजारभन्दा बढी व्यक्तिको पीसीआर विधिबाट संक्रमण भए, नभएको परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकमा यस्तो निर्णय भएको हो । उक्त बैठकले कोभिड १९ ...

सिल गरिएको कचनकवलमा चोरको बिगबिगी

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार ०८:०९

झापा । कचनकवल गाउँपालिका २ पथरिया, पुरानो बजार स्थित राजन यादवको विद्युतीय उपकरणको दोकानमा चोरी भएको छ। शुक्रबार राति १२ बजेदेखि बिहान ८ बजे बीचमा करिब ३ लाख नेपाली रुपैयाँबराबरको चोरी भएको पीडित यादवले बताएका छन् । पीडित यादवका अनुसार ...

आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा पानी पर्ने

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार ०७:५८

काठमाडौँ । आज काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी क्षेत्रमा अम्पुन चक्रवात कमजोर भएर बंगलादेशमा बनेको न्यून चापीय ...

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

न्यूज सञ्जाल १० जेष्ठ २०७७, शनिबार ०७:३७

काठमाडौं । शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको ...

पाँचथरमा विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन माग

न्यूज सञ्जाल ९ जेष्ठ २०७७, शुक्रबार १७:०९

पाँचथर । पाँचथरका पालिकाका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् । जिल्ला समन्वय समितिले अहिले फिदिममा आयोजना गरेको भेलामा पालिकाका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना ...

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

न्यूज सञ्जाल ९ जेष्ठ २०७७, शुक्रबार १६:३७

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली ...

सीमामा प्रहरीमाथि फेरि भारतीयको आक्रमण

न्यूज सञ्जाल ९ जेष्ठ २०७७, शुक्रबार १६:२९

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार फेरि भारतीय नागरिकले आक्रमण गरेका छन् । चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएको हो । बिहान १० बजेतिर दशगजामा सशस्त्र प्रहरीका एक हवल्दारलाई भारतीय नागरिकले ...

1 570 571 572 573 574 751
×