0 Shares

अर्जुनधारा । जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सञ्चालित आठ दिवसीय कपडाको झोला बनाउने तालिम बिहीबार सम्पन्न भएको छ ।

केन्द्रकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य हिमा विष्टले गरेकी थिइन् ।

केन्द्रलाई विशेष योग्दान पु¥याउने अर्जुनधारा–११स्थित परिश्रमी मिश्रित महिला समूहलाई कदर पत्रबाट सम्मानित गरिएको कार्यक्रममा तालिमका सहभागी १२ जना महिलालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा केन्द्रको गत आर्थिक वर्ष २०७४/२०७५को गतिविधि र आय–व्यय विवरणसहितको प्रतिवेदन केन्द्रकी अध्यक्ष सुवेदीले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोर्ड सदस्यद्वय सकुन्तला बराल र हरिमाया दाहाल, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, केन्द्रका संस्थापक अध्यक्ष कुमार भट्टराई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।