नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बरबार गरेको छ।

२४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।

युएईलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे।

यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धिरि ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो।