इटहरी । मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले बिजयी शुरुवात गरेको छ ।

सुनसरी स्थित इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा काकरभिट्टाले दाफिन्स फुटबल क्लब, क्यामरुनलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।