झापा । मोबाइल चोरी भएको निवेदनको चाङ परेपछि इलाका प्रहरीले प्रविधिको प्रयोग गरी ती मोबाइल फेला पारेकोछ ।

प्रविधिको प्रयोग गरी खोजतलास गर्ने क्रममा ओप्पोको १, हुवाईको १, भिभोको १, सामसुङको ३ र सोनी एक्सपेरिया कम्पनीको १ थान गरी कुल ७ थान मोबाइल फेला पारिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले बताए ।

शुक्रबार डिएसपी खड्काले ती मोबाइल सम्बन्धित धनीको जिम्मा लगाएका थिए ।