अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–६स्थित गतिशिल कृषि सहकारी संस्था अर्जुनधारा–६को चौथो सभा आज सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष कमलप्रसाद भण्डारीको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनोरथ पाण्डेले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष भण्डारीले समितिको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक गंगाराम भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ६१ लाख २१ हजार एक सय ५१ रुपैयाँको कुल कारोबार गरेको संस्थाको जम्मा शेयरपूँजी १८ लाख ६४ हजार एक सय ५५ रुपैयाँ, लगानीमा रहेको कर्जा ४२ लाख ९६ हजार दुई सय ८४ रुपैयाँ उल्लेख गरिएको छ ।

????????????????????????????????????

सभाको सन्दर्भमा असल ऋणीतर्फ कल्पना कालिकोटे र विनुकला गुरुङ तथा उत्कृष्ट बचतकर्तातर्फ मनोरथ गौतम र हर्कलाल माझीलाई नगद पुरस्कारसहित प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।
वडाध्यक्ष लोकनाथ गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर सभा सदस्यद्धय अर्जुन मेचे र लक्ष्मी महतरा, नगर न्यायिक समितिका सदस्य तुम्मनाथ काफ्ले, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता मित्रप्रसाद खतिवडा, संस्थाका पूर्व अध्यक्ष डम्बर यादवलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव मदन पाण्डेले गरेका थिए ।