विराटनगर । महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत महिला साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतले पहिलो हाफमा बराबरी खेलेका छन् ।

भर्खरै सम्पन्न पहिलो हाफमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका हुन् । पहिलो गोल भने भारतीय खेलाडीले गरेकी थिइन् । भारतका लागि डालिमाले खेलको २६औँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेर अग्रता दिलाएकी थिइन् ।

भारतविरुद्ध दबाब सिर्जना गरिरहेको नेपालले भने त्यसको ७ मिनेटपछि गोल गर्न सफल भयो । नेपालका लागि सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै १–१ गोलको बराबरी गर्न सफल भएको हो । भारतले चार पटक यो उपाधि रक्षा गरिसकेको छ भने नेपालले जीत निकाले ऐतिहासिक उपलब्धी हुनेछ ।