विराटनगर । अन्ततः नेपालले महिला साफ च्याम्पियनसिप फुटबलको पाँचौ संस्करणमा पनि उपविजेतामै सीमित हुनु परेको छ ।

उपाधि भिडन्तमा नेपालले भारतसँग ३–१ नतिजाले फेरि उपाधि सुम्पियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप दुई गोलले पछि पर्नु प¥यो । खेलमा पहिलो गोल भने भारतीय खेलाडीले गरेकी थिइन् । भारतका लागि डालिमाले खेलको २६औँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेर अग्रता दिलाएकी थिइन् ।

भारतविरुद्ध दबाब सिर्जना गरिरहेको नेपालले भने त्यसको ७ मिनेटपछि गोल गर्न सफल भयो । नेपालका लागि सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै १–१ गोलको बराबरी गर्न सफल भएको हो ।

खेलको ६३औँ मिनेटमा भारतीय खेलाडी ग्रेसले वान भर्सेज वानमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यस्तै, भारतका लागि सब्सिच्यूट खेलाडी अनु तामाङले खेलको ७८औँ मिनेटमा थप गोल गर्दै अन्तर फराकिलो बनाउँदै उपाधि रक्षा गर्न सफल भइन् ।

नेपालले पाएको थुप्रै अवसर गोलमा परिणत नहुँदा सावित्रा भण्डारी निरस बनिन् । त्यस्तै, अनिता बस्नेतलगायत अन्य खेलाडी पनि चल्न नसक्दा नेपालले उपविजेतामै चित्त बुझाउनु प¥यो ।