पाँचथर । पुर्वी पहाडी जिल्लाहरुको भ्रमणका क्रममा फिदिम आएका पुर्व राजा ज्ञानेन्द्र शाहाले पाँचथरको प्रसिद्ध तिर्थ स्थल सुम्हात्लुङ मन्दिरमा पुजा गरेका छन ।

मंगलबार दलबलसहित मन्दिर पुगेका शाहले मन्दिरमा पुजा गर्नुका साथै किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको शालिकमा माला अर्पण गरेका छन ।

यसैबिच शाह बसेको होटल बाहिर करिव एक सय मिटर कार्पेट बिच्छ्याइएको थियो । फिदिम स्थित बुद्धमार्र्गमा रहेको मनस्वि होटलबाट पैदलै करिव आधा किलोमिटर हिँडेका शाहले नागरिकसंग भेटेका छन ।

कुनै पनि संवाद नगरी फुलगुच्छा लिएका शाहले उनका सहयोगि मार्फत सुम्हात्लुङको ऐतिहाँसिकताका बारेमा जानकारी लिएका थिए । सगुनशुन्दर लावती मार्फत शाहले त्यहाँको बिवरण लिएका थिए ।

सोमबार अपरान्ह फिदिम आएका शाहले मन्दिरको बारेमा जानकारी लिएको बाहेक कसैसंग पनि कुनै बिषयमा कुराकानी गरेको भने बुझिएन । सञ्चारकर्मीहरु संग संक्षिप्त कुराकानीको तयारी गहेको बताइए पनि त्यो संभव भएन ।